आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी १० रुपौयाँले बढेर तोलाको दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ रहेको थियो ।
