राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दार्चुलाले बुझायो ज्ञापन पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझएको छ । चैत १५ गते तिनकुने कोटेश्वर क्षेत्रमा भएको प्रर्दशनलाई हिसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलाप प्रति दुख व्यक्त गरेको उक्त ज्ञापन पत्रमा भनिएको छ ।
प्रदर्शनकारीहरुले आफनो सभा सुरु गर्नेक्रमा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतबाट अन्धा धन्दा म्याद सकिएका अश्रु ग्यासका सेलहरुको वर्षा गरेका थिए । चैत १५ गतेकै दिन ७४६ राउन्ड अश्रुग्यास ,१९२ब्ल्याडं राउन्ड फायरिंन ५८ राउन्ड हवाई फायरछर्रा २३९ र पेस्तोलबाट २ राउन्ड गोलि चलेको थियो । यो नेपाल प्रहरीको मात्र विवरण रहेको र सशस्वत्र प्रहरीबाट चलेको गोलीको विवरण सार्वजनिक नभएको ज्ञापन पत्रमा भनिएको छ ।
बाँकी पत्रमा

सम्बन्धित समाचार

ताजा समाचार