व्याँस गाउँपालिकाका दुई वडामा सार्वजनिक सुनुवाइ

व्याँस गाउँपालिकाका दुई वटा ओडामा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा एक पाइलो मल्टिमिडियाको सहजीकरणमा चालू आर्थिक वर्ष ०८१।०८२ को प्रथम र द्धितीय चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
वडा नम्बर १ मा कार्यबाहक वडा अध्यक्ष पूर्णिमा ऐतवाल र वडा सचिव बिनोदसिह बुढाथोकी जवाफदेहि वक्ता रहेका थिए । कार्यक्रममा पत्रकार नरेन्द्रसिह कार्कीले सहजीकरण गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव बुढाथोकीले चालू आर्थिक वर्षमा भए गरेका सेवा प्रवाह र विकास निर्माणबारे प्रस्तुति राखेका थिए ।
वडा नम्बर २ का वडा अध्यक्ष धीरनसिह बुढाथोकी र सचिव रायकिशन बुढाथोकी जवाफदेहिवक्ता रहेको कार्यक्रममा पत्रकार कृष्णसिह धामीले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सचिव बुढाथोकीले दुइ चौमासिक अवधिमा भए गरेका कामबारे जानकारी गराएका थिए । स्थानीयले सोधेका सवालमा वडाअध्यक्ष धीरनसिह बुढाथोकीले जवाफ दिए ।

सम्बन्धित समाचार

ताजा समाचार