नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको अध्यक्षमा नवराज ओझा निर्विरोध निर्वाचित भएका छन् ।
सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न संगठनकाे ११ औं अधिवेसनले ओेझालाई निर्विरोध निर्वाचित गरेकाे हाे ।
संगठनकाे उपाध्यक्षमा बजीर सिह धामी, महिला उपाध्यक्ष पुष्पा जाेशी, सचिव उदय सिह ठगुन्ना तथा काेषाध्यक्षमा राम सिह धामी सर्वसम्मत चयन भएका छन् ।

