मालिकार्जुन गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष ०८१/०८२ काे प्रथम तथा द्वितीय चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिकाकाे आयाेजना तथा दार्चुला विकास संगठनकाे सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे ।
गाउँपालिकाले चालू आर्थिक वर्षकाे हालसम्म गरेका विकास निर्माण, सेवाप्रवाह, र गाउँपालिकाले नीती कार्यक्रमबारे सराेकारवालामाझ सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हाे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरासिंह धामी, उपाध्यक्ष कल्यानसिह धामी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना जवाफदेहीवक्ता रहेका थिए । यस्तै गाउँपालिकाका विषयगत शाखा प्रमुखले शाखा अन्तर्गत उठेका सवालकाे जवाफ दिए ।
गाउँपालिकाले विकास निर्माण र सेवाप्रवाहका सन्दर्भमा उठेका विषयवस्तुलाई सुधार गर्दै लैजाने प्रतिबद्दा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार