दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा गठबन्धनका प्रकाश बडू प्यानलसहित विजयी

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा गठबन्धनबाट नेविसंघका प्रकाश बडू अनेरास्ववियुका उम्मेदवार भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन ।बडूले २२२ मत प्राप्त गरे । बडू अखिल क्रान्तिकारी र नेविसंघ गठबन्धनका उम्मेदवार हुन् ।

बडूले २२२ मत पाएर विजयी हुँदा अनेरास्ववियुका खडकसिह ठगुन्नाले १९१ मत पाए । अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले २० मत पाए । यस्तै सचिवमा गठबन्धनका उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त ल्याए । कोषाध्यक्षमा गठबन्धनका जगत सिंह धामी २४० मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गरिन् ।

सम्बन्धित समाचार

ताजा समाचार