स्ववियु निर्वाचन : जितलाइ निरन्तरता दिने दाउँमा अनेरास्ववियु, भत्काउने खेलमा नेविसंघ क्रान्तिकारी गठबन्धन

सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस खलंगामा बुधबार (आज) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनको लागि एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा नेपाली काग्रेंस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलबीच भीडन्त हुँदैछ ।
एमाले निकट अनेरास्ववियुले आफ्नो जितलाई निरन्तरता दिने दाउँ रहेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा विद्यार्थीलाई आफ्नो पक्षमा पार्न विद्यार्थी नेता मात्रै होइन सिंगो पार्टी नेता निर्वाचनमा खटिएका छन् ।
योपटक दार्चुला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कुल ४८५ जना मतदाता रहेको दार्चुला बहुमुखी क्याम्पस खलंगाका निर्वाचन अधिकृत करनसिह साउँदले जानकारी दिए ।
योपटकको स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट खडकसिह ठगुन्ना, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको तर्फबाट प्रकाश बडू तथा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशी रहेका छन् ।
यसअघि भएका दुई वटा निर्वाचनमा एमाले निकट अनेरास्ववियुले दार्चुला बहुमुखी क्याम्पस खलंगाको स्ववियु जितेको छ । स्थापनाकालमा नेविसंघको तर्फबाट हरकसिह विष्ट स्ववियु सभापति भएका थिए । क्याम्पसमा रमेशराज भट्ट अनेरास्ववियु तथा महादेव जोशी नेविसंघकोतर्फबाट निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनमा पुन स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्णसिह धामी विजयी भएका थिए । योपटक गठबन्धनबाटै जित निकाल्ने गरी अनेरास्ववियुले लागि परेको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशी बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार