दार्चुला । मालिकार्जुन गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ । ‘सुधारौँ सोच,संस्कार र व्यवहारःनियन्त्रण हुन्छ भष्टाचार’ भन्ने नारासहित कार्यक्रम भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको आयोजनमा सञ्चालन भएको कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका विभिन्न पक्षहरुमा अन्तरक्रियासहित छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा खख्तियारमा पर्ने उजुरीहरुमा ध्यान दिनुपर्ने, खरिद बिक्रि, शिक्षा तथा योजनाहको बिषयमा छलफल भएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव लक्ष्मीप्रसाद जोशीले बिषयबस्तु प्रस्तुतिकरणका गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख सहसचिव वेदप्रकाश भण्डारीको अध्यक्षतामा अन्तरत्रक्रिया भएको हो ।


मालिकार्जुनमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया
