शैल्यशिखरमा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापन गरिदै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड गरिदै छ । नगरपालिकाभित्रका ८ वटा स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्डहरुको स्कोरिङ भइरहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिवराज जोशीले जानकारी दिए ।
जसअन्तर्गत चैत्र १९ गते वडा नम्बर ४ को रानिशिखर स्वास्थ्य चौकीको न्यूनतम सेवा स्कोरिङ गरिएको उनले बताए ।
त्यस्तै २१ गते वडा नम्बर ५ ओखडानी आधारभूत स्वास्थ्य केन्द्रमा स्कोरिङ कार्यक्रम सञ्चालन गरिदै छ । स्कोरिङ कार्यक्रममा स्वास्थ्य संस्थाले स्वमूल्याकन गर्ने र पालिकाले अनुगमन गरि प्रमाणिकरण गर्ने गरिएको छ ।
शैल्यशिखर नगरपालिकाकोतर्फबाट जनस्वास्थ्य अधिकृत शिवदत्त जोशी र जनस्वास्थ्य निरीक्षक चक्रसिंह कार्कीले स्वास्थ्य चौकीहरुको सेवा मापन गरिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार