नेकपा एमालेकाे तीन महिने संगठनकाे जरा केन्द्रित अभियान व्याँस पुगेकाे छ । अभियान अन्तर्गत व्याँस गाउँपालिका -३ सीनामा कार्यक्रम गरेकाे हाे ।
नेकपा एमाले ब्याँस गाउँपालिका कमिटी वडा नम्बर ३ का अध्यक्ष हिक्मतसिह कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जाेशी रहेका थिए ।
यस्तै एमाले जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्रसिह धामी लगायत नेता कार्यकर्ताकाे उपस्थिति रह्याे ।
कार्यक्रममा एमालेकाे नीति, संगठनले गर्नुपर्ने काम लगायतको विषयमा प्रशिक्षण गरिएको छ । अभियानमा जनताका गुनासा सुन्ने कुरालाई एमालेले प्राथमिकता राखेर कार्यक्रम थालेकाे छ


एमालेकाे जरा अभियान व्याँसकाे सीना पुग्याे
