जिल्ला अस्पताल दार्चुलाले डेन्टल विशेषज्ञ सहितको सेवा सुचारु गरेको छ । अस्पतालमा डेन्टल सर्जन डाक्टर सोफिया राउत आएसँगै सेवा सुचारु भएको हो ।
डेन्टल सेवा नहुँदा विरामीले सास्ती भोग्नुपरेको बेला अस्पतालमा नयाँ डेन्टल विशेषज्ञको रुपमा रावत आएका हुन् । उनलाई जिल्ला अस्पताल दार्चुलाले शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
जिल्ला अस्पताल दार्चुलाका निमित्त कार्यालय प्रमुख डाक्टर सञ्जीव श्रेष्ठले डेन्टल विशेषज्ञको रुपमा आएका डाक्टर रावतको औपचारिक स्वागत गरेका छन् । लामो समयदेखि अस्पतालमा डेन्टल विशेषज्ञ अभाव थियो । डाक्टर आएसँगै जिल्लाका विरामीलाई राहत हुने उनले बताए ।
दात रोगका विरामी धेरै आए पनि विशेषज्ञ नहुँदा राम्रो सेवा पाउन सकेका थिएनन् । अब जिल्ला अस्पतालमै दात रोग सम्बन्धी सम्पूर्ण उपचार हुने निमित्त कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
डेन्टर विशेषज्ञ आएसँगै अस्पतालमा दात निकाल्ने, फिलिङ गर्ने, आरसिटी. लगायतका सेवाहरु जिल्ला अस्पतालबाट नियमित हुने जिल्ला अस्पताल दार्चुलाका प्रशासन अधिकृत अमरेश बहादुर ठगुन्नाले जानकारी दिए ।
