लेकम गाउँपालिकाले पालिकाभित्रका चार वटा प्रहरी चौकीलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच राहत तथा उद्धारमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको हो ।
लेकम गाउँपालिकाभित्र रहेका इलाका प्रहरी कार्यालय लाली, रिठाचौपाता, प्रहरी चौकी रातामाटा र बित्थडलाई राहत उद्दार तथा प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाले १ लाख ५० हजार बजेट विनियोजन गरेर चार वटा बारूण यन्त्र, १० वटा सब्बल, १० वटा बेल्चा, ४ वटा टर्च लाइट, १५ वटा पानी बुट, २५ वटा ज्याकेट, १० वटा फरूवा, १० वटा घैटी, ५ वटा त्रिपाल, २० वटा प्लास्टिक डोरी र १० वटा रेनकोट खरिद गरि हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले प्रहरी चौकीका लागि खरिद गरिएको सामाग्री हस्तान्तरण गरेका छन् ।


लेकममा प्रहरीलाई उद्धार सामाग्री हस्तान्तरण
