मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीमा सञ्चालन भएको निःशुल्क परिवार नियोजन शिविरबाट १७ जनाले सेवा लिएका छन । स्वास्थ कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा शिविर भएको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाका क्षय कुष्ठ सुपरभाइजर निरीक्षक देवराज जोशीका अनुसार शिविरबाट १७ जना महिलाको स्थायी बन्ध्याकरण गरिएको छ ।
यस्तै फागुन २३ गते ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीमा र २५ गते जिल्ला अस्पताल दार्चुलामा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बीरेन्द्रप्रसाद भट्टले बताए ।


निःशुल्क परिवार नियोजन शिविर सञ्चालन
