नेकपा एमालेको वडा केन्द्रीत तीन महिने अभियान अन्तर्गत नयाँ युवाहरु पार्टीमा जोड्ने काम गरिरहेको छ । गाउँमा पार्टीलाई एक ढिक्का बनाउँदै कार्यकर्ता एमालेमा जोड्दै गएको छ ।
शैल्यशिखर नगरपालिकामामा सञ्चालन भइरहेको वडा केन्द्रीत अभियानले विगतमा पार्टी छोडेर गएका तथा फरक पार्टीका कार्यकर्ताहरुलाई एमालेमा समाहित गर्ने काम भइरहेको नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले बताए । शैल्यशिखर नगरपालिका–३ लुइटामा भएको कार्यक्रममा काग्रेसका शेरराज भट्ट नेकपा एमालेमा जोडिएका छन् ।

शैल्यशिखर नगरपालिकामा फागुन ५ गतेबाट सुरु भएको नेकपा एमालेको तीन महिने अभियान अन्तर्गत बिहीबार वडा नम्बर २ मा नेकपा एमालेले कार्यक्रम सञ्चालन गरेको छ ।
एमालेले यो अभियानमा आफ्ना ज्येष्ठ कार्यकर्तालाई सम्मान गर्दै लगेको छ । विगतमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्ने गरिएको शैल्यशिखर नगर प्रमुख एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य विजयसिह धामीले बताए । ९ वटै वडामा भइरहेका कार्यक्रममा नगर प्रमुख धामी, उपप्रमुख शान्ति खडायत, सम्बन्धित वडाका जनप्रतिनिधि कार्यक्रममा जोडिएका छन् । जनप्रतिनिधिले जनताको गुनासो सुन्ने काम गर्दैछन् । यो अभियान निकै फलदायी भएको छ, नगर प्रमुख धामीले भने, आफ्ना कार्यकर्ता र जनताको गुनासो प्रत्यक्ष सुन्न पाइएको छ । यसले आगामी नीति कार्यक्रममा समेत टेवा पु¥याउँछ ।
यो अभियानमा नेताको भाषण भन्दा जनताको गुनासो सुन्ने काम बढि भइरहेको एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले बताए । नेताको भाषण भन्दा समुदायस्तरमा देखिएका समस्याको पहिचान गर्ने काम महत्वपूर्ण हो, उनले भने, प्रत्यक्ष जनताको असन्तुष्टि खोज्दै जाने र जितेका स्थानीय तहमा कसरी गुनासो सम्बोधन गर्न सकिन्छ भनेर अभियानमा निक्र्यौल गर्छौ । अभियानमा जोडिएका नेताहरुको लागि निश्चित बोल्ने समय व्यवस्थापन गरिएको छ ।
अभियानमा एमाले दार्चुलाका संस्थापक नेता रामदत्त जोशी लगायत जिल्ला कमिटी सदस्यहरु समेत सहभागि छन् । एकसाथ केन्द्र, प्रदेश, स्थानीय तह र पार्टीका विभिन्न कमिटीका नेताहरुले जनताको प्रत्यक्ष गुनासा सुन्ने मौका मिलिरहेको उपप्रमुख शान्ति खडायतले बताइन् ।
शैल्यशिखर नगरपालिकाको वडास्तरीय अभियान फागुन १० गतेसम्म सञ्चालन रहने छ । वडाको अभियानपछि वस्ती केन्द्रीत भएर संगठनको काम अघि बढ्ने एमाले दार्चुलाका पूर्व अध्यक्ष एवं संस्थापक नेता रामदत्त जोशीले बताए ।