अस्पताल व्यवस्थापनमा सहयोग गर्न मन्त्री खड्कालाई ध्यानाकर्षण

जिल्ला अस्पताल दार्चुलाको स्वास्थ्य सेवा सुधारको माग गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ध्यानाकर्षण गराइएको छ । प्रदेश सभा सदस्य बिक्रमसिह धामी नेतृृत्वको टोलीले जिल्ला अस्पताल दार्चुलाको स्वास्थ्य सेवा सुधारमा सहयोग गर्न ध्यानाकर्षण गराएका हुन् ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष दीपकराज जोशी, जिल्ला अस्पताल दार्चुलाका मेसु सञ्जीव श्रेष्ठ लगायतको टोलीले मंगलबार मन्त्री खड्का र सचिव चक्रपाणी पाण्डेलाई भेटि अस्पतालको अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।
जिल्ला अस्पतालको भवन निर्माण ढिलाई हुँदा समग्र स्वास्थ्य सेवा प्रवाहमा जटिलता भएको भन्दै भवन निर्माणको तिव्रताको लागि टोलीले माग गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दीपकराज जोशीले जानकारी दिए । अहिले भवन अभावमा विरामी भर्ना तथा थप बेड विस्तारमा जटिलता भएको छ ।
भारतसँग सीमा जोडिएको दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पतामाल जनशक्ति अभाव बेला बेला हुने गरेको भन्दै व्यवस्थापनको लागि मन्त्रालयसँग आग्रह गरिएको उनले बताए । अस्पताललाई अझै राम्रो व्यवस्थापन गर्दै लैजान उपकरण लगायतमा सहयोग गर्न आग्रह गरिएको छ, उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार