व्याँस गाउँपालिका वडा नम्बर ३ को सीनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजना एंव व्याँस गाउँपालिका र वडा नम्बर ३ को सहजीकरणमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट २ सय जना पशुधनिलाई १२ किसिमका औषधि निशुल्क रुपमा वितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता उपेन्द्रसिह धामीले जानकारी दिए ।
विज्ञ केन्द्र दार्चुलाको वार्षिक कार्ययोजना अनुुसार शिविर सञ्चालन गरिएको हो ।

व्याँसको सीनामा पशु स्वास्थ्य शिविर

