महाकाली नगरपालिकाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई नगदसहित सम्मान गरेको छ । दार्चुला घर भएका दाहाललाई नगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
दार्चुलामा जन्मिएर ब्याडमिन्टनमा जुनियरतर्फ बिश्व एक नम्बर खेलाडि बनिसकेका दाहाललाई नगर प्रमुख नरसिह चैसिरले नगद एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् । महाकाली नगरपालिका–४ घर भएका प्रिन्स हाल काठमाण्डौंमा बस्छन् ।
प्रिन्सको अनुपस्थितिमा उनका बुवा नारायण दाहाललाई उक्त चेक हस्तान्तरण गरिएको महाकाली नगरपालिका युवा परिषद अध्यक्ष लोकबिक्रम सामन्तले जानकारी दिए ।