महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि महेन्द्र नमुनाले जित्याे

दार्चुलाको महाकाली नगरपालिकास्तरीय स्थानीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ काे उपाधि महेन्द्र नमुना मावि खलंगाले जितेकाे छ । मालिकार्जुन मावि धापकाे खेलमैदानमा शनिबार सम्पन्न प्रतियाेगिताकाे उपाधि जितेकाे हाे ।

पाचौँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदक सहित महेन्द्र नमुना मावि खंलगा प्रथम भएको हाे ।
महाकाली नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ११ स्वर्ण र ११ रजत सहित मालिकार्जुन नमुना मावि धाप द्वितीय भएको छ ।

यस्तै प्रतियोगितामा २ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित मालिकार्जुन मावि निसिलले तृतीय स्थान पाप्त गरेको छ । यो सगै दार्चुलाका आठ वटा स्थानीय पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएका छन् ।

पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएपछि दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेबाट फागुन १५ गते सम्म मार्मा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार