दार्चुला । दार्चुलाका महकाली नगरपालिका वडा नम्बर ५ किम्तडी ठड्याभिरमा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर अपरेटर चालकलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।
महाकाली लाेकमार्ग अन्तर्गत खलंगा- गाेकुलेश्वर सडक खण्डमा विगत एक महिनादेखि सडक चाैडा बनाउने काम भइरहेको छ । शुक्रबार विहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढामगर गम्भीर घाइते भएका थिए ।
घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकप्टरमार्फत कैलाली पठाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।
घाइते चालकको उद्दारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेको थियोे । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत बुढामगरलाई थप उपचारको लागि कैलाली पठाइएको हो ।