भुमि आयोग दार्चुलाको अध्यक्षमा धामी दोहोरिए

राष्ट्रिय भूमि आयोगको अध्यक्षमा दार्चुलामा लालसिह धामी पुन दोहोरिएका छन् । मालिकार्जुन गाउँपालिका–३ घर भएका धामी दोस्रोपटक अध्यक्षमा नियुक्त भएका हुन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोगको अध्यक्षको भागवण्डा गरेको थियो । जसमा सुदूरपश्चिममा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ ।
अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच भागबन्डा भएको हो । भागवण्डा अनुसार दार्चुलामा नेपाली काग्रेंसका धामी दोहोरिएका छन् ।
यस्तै कैलालीमा यज्ञराज उपाध्याय, बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, बैतडीमा रमेशदत्त पाण्डेय र डडेलधुरामा कैलासकुमार पाण्डेय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।
कञ्चनपुर र बझाङमा भागबण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुदूरपश्चिमका ७ सहित देशभरका ५६ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन्।

सम्बन्धित समाचार

ताजा समाचार