टिंकर पुग्न पैदल बाटो खोल्ने पूर्वमन्त्रीको अठोट : ‘म आफै १० दिन श्रमदान गर्छु’

काठमाण्डाै‌ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एव पूर्वमन्त्री गणेशसिह ठगुन्नाले व्याँसको टिंकर जोड्ने पैदल बाटोमा आफु न्यूनतम् १० दिन श्रमदान गरेर बाटो खन्ने बताएका छन् । नेकपा एमाले दार्चुला–काठमाण्डौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा यस्तो बताएका हुन् ।
‘हाम्रो भूमिमा हिड्न सक्ने बाटो नै नहुने हो भने राजनीति गर्नुको औचित्य पनि छैन् । हाम्रो दृढ अठोट योपटक जसरी पनि नेपालकै बाटो भएर छाङ्गरु टिंकर जोड्ने पैदल बाटो बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौ,’ ठगुन्नाले भने, ‘अब कुरा हैन कामबाट श्रेष्ठता हासिल गर्नुपर्छ ।’
आगामी फागुन चैत महिनामा राष्ट्रिय अभियानकै रुपमा पैदल बाटो खोल्ने काम थालनी गरिने उनले बताए । सरकारले पैदल बाटो निर्माणको लागि ५ करोड रुपैयाँ दिने बताएको छ । केहि समय अघि ठगुन्नाको नेतृत्वमा गएको टोली सामू प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले पैदल बाटो खन्न बजेट पठाउने बचन दिएका थिए ।
बाटो निर्माणका लागि प्राप्त बजेट दुरुपयोग हुन नदिने पूर्वमन्त्री ठगुन्नाको प्रतिवद्धता छ । ‘एक रुपैयाँ पनि दुरुपयोग हुन दिदैनौ, बरु हरेक देशभक्त नागरिकबाट श्रमदान जुटाउछौं’ उनले भने । ‘यसअघि भएको बजेट खर्च र बाटो निर्माणको अभ्यासबाट पाठ सिकेर विगतको जस्तो कमजोरी हुन दिइने छैन ।’ एक एक पैसाको हिसाब राख्छौ ।
कठिन र चट्टानी भूभागमा बाटो निर्माणका लागि बजेट खर्च गर्नेर्छौ । सजिलो ठाउँमा पार्टीका कार्यकर्ता परिचालन गरिनेछ । बरु कुन पार्टीको झण्डामुनि बसेर कति बाटो खन्न सक्छन् । सबै राजनीतिक दल सहभागि हुनुपर्छ । नेपाली काग्रेंस आउनुपर्छ, माओवादी केन्द्र आउनुपर्छ, क्रान्तिकारी पार्टी हो भने राष्ट्रिय स्वतन्त्र पार्टी झन बढि आउनुपर्छ ।
राष्ट्र र राष्ट्रियताप्रति माया भएकाजति बाटो खन्ने अभियानमा जोडिनुपर्छ । राष्ट्रियता एसीरुममा बसेर फेसबुक सामाजिक सञ्जालमा लेखेर होइन्, अब भूगोलमा देखाउनुपर्छ । जहिल्यै पनि काम नगर्ने जनतालाई निराशामात्रै छर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै दार्चुला इन्चार्ज समेत रहेका नेता ठगुन्नाले चर्का भाषण र फेसबुकमा नभएर भूगोलमा श्रम गर्न सबै जोडिन आग्रह गरे । यो राष्ट्रको लज्जाको विषय बनेको छ । हाम्रा नागरिकले हिड्न देउ भनेर भारतसँग बिन्ती गर्नुपर्ने अवस्था छ ।
यो पटक पैदल बाटो खोल्न अर्थ मन्त्रालयबाट ५ करोड रुपैयाँ गाउँपालिकाको खातामा पठाउने सरकारको तयारी छ । भूगोलको अवस्थाअनुसार ठाउँठाउँमा एकसाथ बाटो निर्माणको कार्य थालिने हुने छ ।
योपटक ‘पैदलबाटो खुलाउन प्रधानमन्त्रीज्यूले विशेष चाँसो लिनुभएको छ, व्यासक्षेत्र जोड्ने यो बाटो सञ्चालनमा आएपछि स्थानीय वासिन्दाका साथै कैलाश–मानसरोवर यात्रुहरुलाई समेत सुविधा हुनेछ’ । सरकारले आफ्नै भूमि भएर बाटो बनाउनुपर्छ भन्ने प्रतिबद्ध छ ।
पुस दोस्रो साता व्याँसको बाटोको अवस्थाबारे स्थलगत अनुगमन गरेर फर्किएपछि पूर्वमन्त्री ठगुन्नाले व्याँसका जनप्रतिनिधि, छाङ्गरु टिंकरका स्थानीयलाई काठमाण्डौंमा डेलिगेशनको लागि सँगै लगेका थिए । हरेक वर्ष बजेट आउने तर काम किन हुन नसकेको बारेमा स्थलगत अवलोकन पछि जसरी पनि यो पटक पैदल बाटो खोल्नुपर्छ भन्ने निष्कर्षमा उनी पुगेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार