जिल्ला कारागार क्षमता ४०, राखियो ८५ जना कैदीबन्दी

जिल्ला कारागार दार्चुलमा क्षमताभन्दा दुई गणा बढी कैदीबन्दी राखिएको छ । विभिन्न मुद्दामा सजाय भोगिरहेका र कतिपयलाई पुर्पक्षमा राख्नुपर्दा कारागारभित्र कैदीबन्दीले पाउनुपर्ने आधारभूत आवश्यकता उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
२०४२ सालमा बनेको जिल्ला कारागारमा जहिले पनि कैदीबन्दी कोचाकोच राख्ने गरिएको छ । ‘घ’ श्रेणीको कारागार २५ पुरुष र १५ महिलाको क्षमता हो । तर, अहिले ८५ जना कैदीबन्दीलाई राखिएको छ ।
जिल्ला कारागार दार्चुलाका जेलर केशवराज अवस्थीका अनुसार कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । यस कारागारमा ५४ कैदी र ३० थुनुवा पुरुष छन् भने १ जना महिला थुनुवा छन् । कारागारमा १ जना विदेशी कैदी छन् । जबरजस्तीकरणी केशमा विदेशी कैदी बसेका छन् ।
‘भवन निकै दयनीय र जीर्ण छ । कोठा र शौचालय साँघुरा छन् । एउटै कोठामा कोचेर खाँदिएर बस्नुपरेको छ । टाँसिएर र अप्ठेरोसँग रात काट्नुपर्ने अवस्था छ,’ एक जना कैदीले भने, ‘लामो समय पालो पर्खेर कैदीलाई शौचालय सुविधा मिल्छ । धेरै थुनुवा भएपछि अहिले सुत्न र शौचालयमा असुविधा भएको छ ।’ हाम्रो गुनासो सुनुवाई भएको छैन् ।
कैदीबन्दी थपिने क्रममा बढेपछि अहिले नै वैकल्पिक व्यवस्था मिलाउन सक्ने अवस्था छैन । कारागार प्रमुख जोशी भन्छन्, थुनुवाको संख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्धाको पैmसलाका कारण थुनुवा बढेका छन् ।
‘चिसो मौसम भएका कारण कैदीबन्दी अप्ठ्यारो गरेर सुतेकै छन्,’ उनले भने ‘गर्मीको समय भएको भए समस्या हुन्थ्यो ।’ शौचालय अभाव भएको छ । चिसोले पानीको प्रयोग कम हुने हुँदा सहज भए पनि शौचालयको व्यवस्थापन गर्न सकिएको छैन् ।
कारागारमा कर्तव्य ज्यानका ११ कैदी र ४ थुनुवा, जबरजस्तीकरणीका १७ कैदी र ६ थुनुवा, जबरजस्तीकरणी उद्योगका ४ कैदी र २ थुनुवा, लागू औषध ओसारपसार ४ कैदी २ थुनुवा, सवारी ज्यानका २ थुनुवा र २ कैदी, अपहरण शरीर बन्धकको १ कैदी १ थुनुवा लगायतका अन्य घट्नाका कैदीबन्दीले कारागार भरिभराउ भएको छ । जिल्लाबाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार