शैल्यशिखरमा ६० दलित परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण

शैल्यशिखर नगरपालिकाले ६० दलित परिवारलाई निशुल्क ग्यास, सिलिन्डर र चुलो वितरण गरेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का दलित परिवारलाई दलित लक्षित कार्यक्रम अन्तर्गत ग्याँस सिडिण्डर र चुलो वितरण गरेको हो ।
शैल्यशिखर नगर प्रमुख विजयसिह धामी, उपप्रमुख शान्ति खडायतले आर्थिक रुपमा पछाडि परेका दलित समुदायलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेको वडा नम्बर ८ का वडा अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए ।
पर्यावरणलाई स्वच्छ तथा महिलालाई भान्साको धुँवाका कारण हुने स्वास्थ्य समस्या नआओस् भनेर ग्यास सिलिन्डर र चुलो वितरण गरिएको नगर प्रमुख विजयसिह धामीले बताए ।
वडामै ग्यास चुलो पाएपछि दलित परिवार पनि खुसी भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार