रातिको ११ बजे एउटा एम्बुलेन्स जिल्ला अस्पताल दार्चुलाको प्राङ्गढमा ठ्याक्क रोकिन्छ । पुसको चिसो मौसम भएका कारण धेरै विरामी पनि अस्पतालमा थिएनन् । चिकित्सक पनि केहि घर गइसकेका थिए । एउटा शल्यक्रियामार्फत आमा र बच्चा जोगाउनुपर्ने जटिल केश आउने चर्चा भने साँझपख चलेको थियो ।
मालिकार्जुन गाउँपालिका–६ स्थित उकु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी लीला महराले एउटा जटिल शल्यक्रिया गर्नुपर्ने नभए आमा र नवजात शिशुको ज्यान खतरामा रहेको भन्दै जिल्ला अस्पतालमा रिपोर्टिङ भने गरेकी थिइन् ।
गर्भवती महिला थिइन्, मालिकार्जुन गाउँपालिका–६ अम्तोलीकी २२ वर्षीया हिरा राउटे । पहिलो सन्तान पाउन लागेकी राउटेको स्वास्थ्य अवस्था भने नाजुक रहेको अवस्थामा सिनियर अनमीले आफैले एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पु¥याइन पनि ।
उनमा सुत्केरी हुने लक्षण भने बिहानैबाट थियो । उनी सुत्केरी हुनेबेलामा देखिने हातखुट्टा बाउडिने र मुखबाट ¥याल निकाल्ने एकप्रकारको लक्षण देखिएको थियो । जिल्लामा एकमात्र परिवार राउटेको छ । घरपरिवार आत्तिएपछि गाउँमै धामी झाक्रीकहाँ उनलाई लगियो । झारफुक गर्न थालियो । तर स्वास्थ्यमा सुधार आएन् । राउटे परिवार वस्दै आएको अम्तोलीबाट उकु स्वास्थ्य चौकी आधा घण्टाको दुरीमा पर्छ ।
गर्भवती महिलालाई धामी झाक्री कहाँ लगिएको खबर उकुमा एम्बुलेन्स चलाउँदैआएका चालक गणेश महराले सुने । उनले तत्कालै अवस्थाबारे स्वास्थ्य चौकीमा कार्यरत अनमी लीला महरालाई जानकारी गराइन् । यदि समयमै महिलाको अवस्थाबारे स्वास्थ्यकर्मीले जानकारी नपाएको भए ती महिलाको ज्यान जोखिममा पर्ने खतरा थियो, सिनियर अनमी महराले भनिन् ।
‘सामान्यतया यस्तो जटिल प्रकारको शल्यक्रियामा जिल्लामा गरिदैन् । हामीले पनि यस्ता केस आइहाले जिल्लाबाहिर रिफर भन्छौं,’ जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठले भने, ‘परिवारको आर्थिक अवस्था नाजुक भएकै कारण बाहिर रेफर लिन मानेनन् ।’ उकुबाट भारत पिथौरागढ अस्पताल जान सहज पनि हुन्छ । उनले आर्थिक अवस्था नभएकै कारण धामी झाक्री कहाँ जानु प¥यो ।
जिल्लामा ल्याएर राति हेलिकप्टरको व्यवस्थापन सम्भव भएन् । केश निकै सिरियस थियो । यस्तो अवस्थामा १० प्रतिशत मात्रै ज्यान जोगाउन सकिने अवस्था रहन्छ । डाक्टर श्रेष्ठले भने, महिलालाइ वेहाेस गर्न लगाइने सुइ लगाउनै धाै धाै अवस्था थियाे ।
डाक्टर रञ्जीत पाठक, डाक्टर राजेश अवस्थी तथा डाक्टर सञ्जीव श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीनिकै मेहनतले आमा र बच्चा सकुशल बचाउन सकिएको डाक्टर श्रेष्ठले सुनाए । यो निकै गाह«ो थियो । स्वास्थ्यकर्मीहरुको निकै महेनतले सुरक्षित सुत्केरी गराउन सफल भयौं ।
आफुसँग आर्थिक अभावकै कारण भारतको पिथौरागढ अस्पताल लिन नसकेको हिराका श्रीमान जनक राउटेले बताए । उनले भने, ‘मसँग पैसा थिएन् । एक महिनापछि मात्रै सुत्केरी हुने समय थियो । एकाएक समस्या देखिएपछि के गरौ भयो ।’ पिथौरागढ गएको भए २ घण्टाभित्रै पुगिन्थ्यो । सुविधासम्पन्न अस्पताल पनि छ । तर पैसा नहुँदा स्वास्थ्यकर्मीकै सहयोगमा जिल्ला अस्पतालमा ल्याएको उनले बताए ।
अहिले जिल्लामै सुरक्षित तवरले आमा र बच्चाको ज्यान डाक्टरले जोगाइ दिएकोमा जनक निकै खुसी छन् । विहे गरेको ७।८ वर्षपछि बल्ल बच्चा पाएको छु । अहिले म आफै बच्चाको स्याहाँरमा लागेको छु । बाहिर भित्र गर्ने कोहि छैन् । एक्लैले सबै व्यवस्थापन गर्नुपरेको उनले सुनाए ।

दार्चुलाका डाक्टरको त्यो साहस ! राउटे महिलाको सुरक्षित शल्यक्रिया, आमा र बच्चा स्वस्थ

