महिला हिंसा अन्त्यका माग गर्दै प्रशासनमार्फत गृहमन्त्रीलाई ज्ञापन

अखिल नेपाल महिला संघ दार्चुलाले महिला हिंसा अन्त्य गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । महिलामाथि हुने विभिन्न हिंसाका घटनाहरू न्यूनीकरणको मागसहित जिल्ला प्रशासन दार्चुलामार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पठाइएको हो ।
‘प्रहरीकै तथ्यांक हेर्दा पनि महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै गएका छन, अनेमसंघ दार्चुलाका अध्यक्ष माधवी जोशीद्धारा हस्ताक्षरित ज्ञापनमा भनिएको छ । मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भएकोले महिला हिंसा निराकरण गर्न, पीडकलाई कडा कार्वाही गर्न र पीडितलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको हो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदलाई बुझाउन अनेमसंघ दार्चुलाको टोली जिल्ला प्रशासन पुगेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार