सदरमुकाम खलंगास्थित महेन्द्र नमूना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीको भव्य विदाई भएको छ । ३६ वर्ष शिक्षण गरेका जोशीको उमेर हदका कारण विदाई भएको हो ।
दार्चुलालाई देशमै चिनाउन अग्रणी भूमिका खेलका प्रधानाध्यापक जोशीको शनिबार विदाई गरिएको छ । असल नेतृत्व र व्यवस्थापकीय क्षमता भएका जोशीको विदाईमा बोल्ने वक्ताहरुले उनकाे प्रशंसा गरेका छन् ।
एउटा असल नेतृत्वकर्ताको हातमा नेतृत्व पुगेपछि कसरी परिवर्तन गर्न सकिन्छ भन्ने उदाहारण बनेकै कारण महेन्द्र नमुना मावि खलंगाको यो उचाई पुगेको हो । २०७० साल अघिसम्म एउटा चुहिने भवनमा सञ्चालन भएको विद्यालय अहिले सुविधासम्पन्न भवनमा परिणत भएको छ ।
२०७० सालमा रामदत्त जोशीले विद्यालयको प्रधानाध्यापक भएर जिम्मेवारी सम्हाले, त्यहाँबाट विद्यालयले भौतिक पूर्वाधारमात्रै होइन्, समग्र व्यवस्थापन, पूर्वाधार निर्माण र शैक्षिक गुणस्तरमा अब्बल साबित बनाए । अहिले दार्चुलाको महेन्द्र नमुना मावि देशभरमै सातौ नम्बर र सुदूरपश्चिम प्रदेशमा एक नम्बर विद्यालयभित्र पर्छ ।
संस्थागत विद्यालय भन्दा अब्बल भएकै कारण विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै छ । जीरो देखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा हाल दुई हजार ५५८ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय जस्तापाताभित्र थियो, साच्चै भन्नुपर्दा पानी आउँदा विद्यार्थीलाई छुट्टी दिएर घर पठाउनुपर्ने अवस्था थियो, सेवा निवृत्त हुनु भएका प्रधानाध्यापक रामदत्त जोशीले भने, तर सबैको सहयोग र सहकार्यले अहिले साच्चै गर्व लायक विद्यालय बनेको छ । यो विद्यालयको जुनप्रकारको उचाई छ, यसलाई निरन्तरता राख्नुछ ।
३६ वर्ष बढि सेवा अवधिका कारण यहि मङ्सिर २० गतेबाट जोशी सेवा निवृत्त हुनु भएको छ । तर उनले विद्यालयको लागि पु¥याएको योगदान बने स्मरणीय छ ।
जोशीले २०४५ जेठ ५ गतेबा मालिकार्जुन नमुना मावि धापबाट अध्यापन सुरु गरेका थिए । २०४८ भदौ २५ गते स्थायी शिक्षकको रुपमा नाम निकालेका जोशीले २०४८ पुष २१ गतेबाट महेन्द्र नमुना मावि खलंगामा विज्ञान शिक्षकको रुपमा भित्रिएका थिए । ०४८ सालदेखि यहि विद्यालयमा कार्यरत रहेका जोशीले २०७० सालपछि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए ।
५।७ सय विद्यार्थी नहुने विद्यालयमा यतिबेला जिल्लाकै सर्वाधिक विद्यार्थी यहाँ अध्ययन गर्छन् । २०७४ सालमा प्रावि खलंगालाई विद्यालय समायोजन गर्दै गर्दा प्राविमा जम्मा १८ जना विद्यार्थी थिए । भौतिक पूर्वाधार जीर्ण थियो । विद्यार्थी बस्न राम्रो भवन नै थिएन् ।
नमूना माविको भवन क्रमश बन्दै थियो तर प्रावि भवनको अवस्था नाजुक थियो । विद्यालयको निरन्तरको मेहनतले अहिले आधारभूत र माध्यमिक तहसम्म प्रयाप्त मात्रामा भौतिक संरचना बनेका छन् । खलंगामै दर्जन संस्थागत विद्यालय हुँदा पनि आधारभूत विद्यालयमै अहिले ४२६ जना विद्यार्थी पढ्छन् । एक सय बढि शिक्षक कार्यरत छन् । विद्यालयलाई अझै सुविधासम्पन्न बनाउने योजना अघि सारेका छन् जोशीले ।
चूनौती पनि उस्तै
हरेक दृष्टिकोणले अब्बल बन्दै गएको विद्यालयमा चूनौति पनि उस्तै छन् । पछिल्लो समय शिक्षा क्षेत्रमा दक्ष जनशक्ति पाउन मुस्किल छ । यो अभावले खलंगाले पनि झेल्न बाध्य छ । अंग्रेजी, गणित विज्ञान विषयका शिक्षक पाउन गाह«ो छ । राम्रो जनशक्ति भित्र्याउन नसक्ने हो भने विद्यालयको शाख तल खस्किन सक्छ, जोशीले भने । विद्यालयमा शैक्षिक वातावरण सिर्जना गर्नु उत्तिकै चूनौतिहरु छन् ।
शिक्षकलाई प्रविधिसँग जोड्नु अर्को चूनौति छ । अहिले विद्यालयले स्माट बोर्डसहित अध्ययन सुरु थालेका छ । सबै कक्षासम्म पु¥याउन बजेट व्यवस्थापन र जनशक्ति तयार पार्नुपर्ने छ । विद्यार्थीलाई परम्परागत शैलीमा शिक्षण नगरि अब सिर्जनशील तवरले पढाउनुपर्ने चूनौति छ ।
विद्यालयले विजुली, खानेपानी, इन्टरनेट लगायतमा ठूलो खर्च छ । विद्यालयको आन्तरिक कोष कम हुँदै गएको छ । बजेट व्यवस्थापन गरेर विद्यालयलाई शैक्षिक गुणस्तर कायम राख्न अझै चूनौती देख्छु उनले भने ।
विगतमा अभिभावकको सहमतिमा विद्यार्थीबाट थोरै भए पनि शुल्क लिइने गरेको थियो । जसबाट विद्यालय प्रशासन चलेको थियो । तर गतवर्षबाट यो बन्द गरिएको छ । अहिले बालविकास देखि आधारभूत तहसम्म दिवा खाजा कार्यक्रम चालु भएको छ । भान्छे देखि ग्याँस भाडा कुडामै ठूलो रकम खर्च हुने अवस्था छ ।
विद्यालयको गरिमा ह्वात्तै पुगेको छ । नेपाल तथा भारतबाट दार्चुलाको महेन्द्र नमूनाको व्यस्थापन हेर्न शिक्षक विद्यार्थी आउने गरेका छन् । यहि अवस्थामा राख्न अबको नेतृत्वले ध्यान दिनुपर्नेमा उनको सुझाव छ ।