दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्ष पदकाे लागि भएकाे निर्वाचनमा झण्डै ६९ प्रतिशत मत खसेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार ६८.९४ प्रतिशत मत खसेकाे हाे । बिहान ७:१० बजेदेखि मतदान सुरू भएको थियाे ।
।
दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोराकाे क र ख मतदान केन्द्रमा ४०१ पुरूष र ४७६ महिला गरि कुल ८७७ जनाले मतदान गरेकाे मतदान अधिकृत विष्णु प्रसाद अवस्थीले बताए ।
दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडाअध्यक्षको लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् ।
माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो ।
मतदानमा मतदाताकाे उत्साहपूर्ण सहभागीता रह्याे ।