चीन सरकारले दार्चुलाका स्थानीय तहमा लगानी बढाउँदै

चीन सरकारले दार्चुलाका स्थानीय तहमा वर्षेनी लगानी बढाउँदै लगेको छ । चीनले भौतिक पूर्वाधार तथा, स्वास्थ्य सामाग्री र सवारीसाधन खरिदमा लगानी बढाउन थालेको हो ।
चालू आर्थिक वर्षमा चीनले दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा विभिन्न शिर्षकमा लगानी गर्ने भएको छ । चीनको स्वशासित क्षेत्रमा पर्ने पुलान काउन्टीमा भएको सीमा समन्वय बैठकमा स्थानीय तहमा गर्ने लगानीबारे जानकारी गराएको छ ।
चीन सरकारले दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा यो वर्ष करौडौ रकम खर्च गर्ने भएको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार चीनले मालिकार्जुन मावि मडमा विद्यालय भवन निर्माणको लागि कुल ५ करोड ३० लाख १२ हजार ६९५ रुपैयाँ सहयोग गर्नेछ । यस्तै मालिकार्जुनमा निर्माण सम्पन्न भएको १० सैया अस्पतालको लागि २ करोड ३६ लाख रुपैयाँ बराबरको सामाग्रीसहयोग गर्ने भएको छ ।
मालिकार्जुन गाउँपालिकाको लागि भ्याकल लोडर १ करोड १५ लाख रुपैयाँ, तालिम र शैक्षिक अवलोकन भ्रमणको लागि ३२ लाख ३२ हजार १५० रुपैयाँ तथा ठिङ स्वास्थ्य चौकी भवन निर्माणको लागि ८३ लाख ४५ हजार १५० रुपैयाँ सहयोग गर्ने जानकारी दिएको उनले बताए ।
यसैगरी शैल्यशिखर नगरपालिकाको लागि स्काभेटरको लागि १ करोड ५० लाख, बेक लोडर ५० लाख, जेसिभीको लागि ७० लाख रुपैयाँ बजेट दिने भएको छ । यस्तै गोकुलेश्वर अस्पतालको लागि भिडियो एक्सरे मेसिन १० लाख, सिटि स्केन मेसिन ४ करोड तथा दुई वटा एम्बुलेन्सको लागि १ करोड बजेट दिने भएको छ ।
यसअघि चीनले मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा सहयोग गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार