काग्रेंसको सय दिने अभियान : नौ वटै स्थानीय तहमा नेता खटाइए

नेपाली काग्रे‌सकाे एक सय दिने विशेष अभियानअन्तर्गत ९ वटै स्थानीय तहमा नेता खटाइएको छ । काग्रेंसले केन्द्रीय सदस्य देखि, महासमिति, जिल्ला कार्यसमिति र भातृसंगठनका नेतालाई स्थानीय तहमा खटाएको हो ।
संगठन सुदृढिकरण, पार्टीको अवस्था विश्लेषण र आगामी चुनाव केन्द्रीत हुन नेता गाउँ खटाएको हो । नेपाली काग्रेंस दार्चुलाका अनुसार काग्रेंसको विशेष अभियान मंसिर ५ गतेबाट सुरु हुनेछ ।
जसअनुसार काग्रेंसले व्याँस गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति मानसिंह बुढाथोकी, महासमिति सदस्य शान्ति बम, महाधिवेशन प्रतिनिधि नरेन्द्रसिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर १ सचिव हरि जोशी, नेविसंघका केन्द्रीय सदस्य नविन जोशी र जिल्ला कार्य समितिका सम्पूर्ण व्याँस गाउँपालिका अन्तर्गतका सदस्यहरुलाई खटाइएको छ ।
यस्तै दुहुँ गाउँपालिकामा महासमिति सदस्य जगदीश बहादुर पाल, पदमराज पन्त, राजमती पाल, प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव पुस्करराज जोशी, नेविसंघ केन्द्रीय सदस्य धीरेन्द्र साउँद र दुहुँ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्लाकार्य समिति सदस्यलाई खटाइएको छ ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा पार्टी सचिव माधवप्रसाद भट्ट, महासमिति सदस्य बासुदेव ऐतवाल, महाधिवेशन प्रतिनिधि धीरेन्द्र साउँद, प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति बिरादत्त भट्ट, नेविसंघ केन्द्रीय सदस्य पूर्णसिंह बोहरा र महाकाली नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमिति सदस्यहरु र जेष्ठ नागरिक केन्द्रीय सदस्य चन्द्रसिंह सामन्त खटिएका छन् ।
लेकम गाउँपालिकामा जिल्ला कार्यसमिति सचिव पुलेन्द्रबहादुर कार्की, महासमिति सदस्य शम्भु जोशी, महाधिवेशन प्रतिनिधि दिलिपसिंह बुढाथोकी, प्रदेशसभा क्षेत्र नम्बर १ का सभापति मन्दिरसिंह धामी, कोषाध्यक्ष लोकेन्द्रबहादुर बम, नेविसंघ केन्द्रीय सदस्य बिनोदसिंह रावल, लेकमबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमिति सदस्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य जीतबहादुर बम र महाधिवेशन प्रतिनिधि जयदेव जोशी खटिएका छन् ।
यसैगरी मालिकार्जुन गाउँपालिकामा सहसचिव राजेन्द्रप्रसाद जोशी, महासमिति सदस्य गणेशराज भट्ट, महाधिवेशन प्रतिनिधि यशोदा तिंकरी, प्रदेशसभा क्षेत्र नम्बर १ का उपसभापति गोपालसिंह कार्की, सचिव बिरुराम लुहार, नेविसंघका केन्द्रीय सदस्य एनपी जोशी, मालिकार्जुन गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमिति सदस्य र तरुण दलका केन्द्रीय सदस्य धनसिंह धामी खटिएका छन् ।
नौगाड गाउँपालिकामा नेपाली कागं्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष हंशराज भट्ट, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, महाधिवेशन प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य बिक्रमसिंह धामी, महाधिवेशन प्रतिनिधि गणेशदत्त बडू, सुुरेन्द्रबहादुर बम, प्रदेशसभा क्षेत्र नम्बर २ उपसभापति डम्बर कार्की, नेविसंघका केन्द्रीय सदस्य बिनोद जोशी, नौगाड गाउँपालिकाका जिल्ला कार्यसमिति सदस्य, मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंहलाई खटाइएको छ ।
मार्मा गाउँपालिकामा जिल्ला कार्यसमिति सहसचिव राजु अवस्थी, महासमिति सदस्य हरकसिंह विष्ट, देवकी बोहरा, महाधिवेशन प्रतिनिधि गोकर्णबहादुर चन्द, नेविसंघ केन्द्रीय सदस्य दिपकराज जोशी र मार्मा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमिति सदस्य खटिएका छन् ।
शैल्यशिखर नगरपालिकामा जिल्ला उपसभापति महादेव बडू (कस्यप), महासमिति सदस्य सुना बोहरा, गोवर्धन कोली, महाधिवेशन प्रतिनिधि आनन्दी पन्त, प्रदेशसभा क्षेत्र नम्बर २ का सचिव ईन्द्रसिंह ठगुन्ना, नेविसंघ केन्द्रीय सदस्य गणेश खत्री र नगरपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ ।
अपिहिमाल गाउँपालिकामा पार्टी सभापति ललितसिंह बोहरा, महाधिवेशन प्रतिनिधि ईश्वरी जोशी, केशर भण्डारी, नेविसंघ जिल्ला कार्यसमिति अध्यक्ष रमेश भट्ट र प्रदेशसभा क्षेत्र नम्बर २ का सभापति केशबबहादुर सिंह र अपिहिमाल गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्य समिति सदस्यहरुलाई खटाइएको छ ।
दार्चुलामा काग्रेंसको सय दिने अभियान कात्तिक २३ गते उद्घाटन गरिएको थियो । अभियानको काग्रेंस केन्द्रीय सदस्य जावेदा खातुन जागाले गरेकी थिइन् । खातुनले यो अभियानले पार्टीका गतिविधि चलायमान बनाउने र कार्यकर्तामा जागरण ल्याउने धारणा राखेकी थिइन् ।
काग्रेंसको सय दिने अभियानअन्तर्गत पार्टीका गतिविधि सक्रिय हुने, पालिका, वडा तहमा प्रतिनिधि खटाइने, भातृ संस्थाका अधिवेशन सम्पन्न गरिने, सदस्यता नविकरण, थप तथा कार्यकर्ताहरुलाई प्रशिक्षण अभिमुखीकरण गराइने नेपाली काँग्रेस दार्चुलाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार