यी हुन दार्चुलामा पक्राउ परेका जुवाडे, २ लाख बढी थियो रुपैयाँ

प्रहरीले आइतबार मालिकार्जुनबाट नगदसहित जुवाडे पक्राउ ग¥यो । स्थानीयकै सूचनाको आधारमा घरधनीसहित आठ जनालाई नगदसहित पक्राउ गरेको हो ।
मालिकार्जुन गाउँपालिका–४ ऐरीछना स्थित किसन सिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परे । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल नेतृत्वको टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरेर ल्याए ।
पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–४ बस्ने घरधनी २५ वर्षीय किसनसिंह धामी, ४० वर्षीय भवानसिंह धामी, ५१ वर्षीय ईन्द्रसिंह धामी, ३४ वर्षीय मानसिंह धामी, मालिकार्जुन गाउँपालिका–३ का ६० वर्षीय मानसिंह धामी, सोही ठाउँका ६० वर्षीय उत्तर सिंह धामी, वडा नम्बर ८ का ५१ वर्षीय गम्भिरसिंह धामी र लेकम गाउँपालिका–५ का ५६ वर्षीय माने बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले नगद २ लाख ३२ हजार ३७० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरेको छ ।
आइबार राति लेकम गाउँपालिका–५ जयपुरमा जात्रा थियो । जात्राको व्यवस्थापनको बारेमा निरीक्षण गर्न प्रहरी प्रमुख दाहाल आफै पुगेका थिए । जात्रामा ५१ जना प्रहरी खटिएका थिए । जात्राको निरीक्षण गरेर फर्किने बेलामा स्थानीयले जुवा भइरहेको सूचना प्रहरीलाई दियो । सूचना पाएको प्रहरीले सिधै जुवा घरमा छिरेपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ लगत्तै स्थानीयको भीड लागेको थियो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार