दार्चुला व्याडमिन्टन संघको आयोजनामा दार्चुलामा सञ्चालन भएको खुला व्याडमिन्टन प्रतियोगिताको उपाधि पप्पु र आयुस जोडीले जितेको छ । शनिबार सम्पन्न खुला व्याडमिन्टन प्रतियोगितामा विनोद बुढाथोकी र मदन बहादुर चन्द जोडीलाई सोझो सेटमा पराजित गर्दै पप्पु पाल र आयुसमान नगारी जोडीले उपाधि जितेको हो ।
फाइनल खेलमा पप्पु र आयुस जोडीले चन्द र बुढाथोकीलाई २–० को सोझो सेटमा पराजीत गरेको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पप्पु र आयुसले नगद १० हजार तथा सिल्ड र प्रमाणपत्र पाएका छन् ।
यस्तै प्रतियोगितामा तृतीय स्थान धारचुलाका शुभम कोरङ्गा र दिपु पुनेठाले जितेका छन् ।
प्रतियोगिता सदरमुकाम खलंगाको साथै गोकुलेश्वर र पिथौरागढ जिल्ला अन्तर्गत धारचुलाका खेलाडीको सहभागिता रहेको थियो ।