मालिकार्जुनमा सम्पन्न अध्यक्ष कप खुला क्रिकेट प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले चुमेको छ । पस्ती स्पोर्ट्स क्लबको आयोजना तथा मालिकार्जुन गाउँपालिकाको सहयोगमा शंकरपुर मावि पस्तीमा सञ्चालन भएको प्रतियोगिताको उपाधि महाकाली नगरपालिका–१ ले चुमेको हो ।
भदौ ११ गतेबाट सञ्चालन भएको तेस्रो अध्यक्ष कप खुल्ला वडास्तरिय क्रिकेट प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ५५ हजार ५५५ रुपैयाँ सहित शिल्ड प्रदान गरिएको छ । यस्तै आयोजक पस्ती स्पोटर््स क्लब पस्तीले नगद २४ हजार ४४४ रुपैयाँ सहित द्वितीय स्थान हासिल गरेको छ ।
प्रतियोगिताका विजेता खेलाडिलाई गाउँपालिका अध्यक्ष हिरासिह धामीले नगदसहित पुरुस्कार वितरण गरेका थिए ।
