नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशनबाट जगतसिह साउँद अध्यक्षमा चयन भएका छन् । शनिबार दार्चुलामा भएको तेस्रो अधिवेशनले साउँदको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ ।
महासंघको उपाध्यक्षमा जनक ठेकरे, कौसा धामी, सचिवमा हेमन्त मिश्र, सहसचिवमा नवराज धामी र दिपक सिंह कार्की, कोषाध्यक्षमा किसनसिंह ऐरी चयन भएको नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगतसिंह धामीले जानकारी दिए ।
अधिवेशनको नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले उद्घाटन गरे । कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगतसिंह धामी, एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य गौरी बडाल, प्रेमसिंह धामी, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, लगायतको सहभागिता











