दार्चुला र धारचुलास्थित नेपाल–भारत अन्तर्राष्ट्रिय झोलुङ्गे पुलमा चेकजाँचको क्रममा एक नेपाली युवकबाट भारतीय एसएसबीले २२ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ ।
भारतको धारचुलाबाट नेपाल आउने क्रममा एसएसबीले चेकजाँचको क्रममा ती युवकबाट सो रकम बरामद गरेको हो । पक्राउ परेका युवक बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रकाशसिह धामी रहेको बताइएको छ । यद्यपि युवकले अहिलेसम्म आफ्नो सहि पहिचान नबताएको अमर उजालाले जनाएको छ ।
ती युवकले एउटा बाकसमा रुपैयाँ राखेको भारतीय अनलाइन अमर उजालाले समाचार छापेको छ । बिहानै दार्चुला छिर्ने प्रयासमा रहेका युवकलाई चेकजाँच गर्दा भारतीय ठूलो रकम फेला परेको जनाइएको छ ।
बेला बेला नाम परिवर्तन गर्दै आइरहेको छ । ती युवकले कहाँबाट ठूलो मात्रामा पैसा ल्याएर आयो भन्ने विषयमा भारतीय सुरक्षाकर्मीले अनुसन्धान थालेको छ ।