चिनियाँ पक्षको आमन्त्रण पछि दार्चुलाका व्यापारीको टोली (बुराङकाउन्टी) ताक्लाकोट पुगेका छन् । पहिलो चरणमा छाङ्गरु र तिंकरका २७ जना व्यापारीको टोली ताक्लाकोट पुगेका हुन् ।
नेपाल–चीन जोड्ने दार्चुलाको तिंकर नाका भएर उनीहरु त्यहाँ पुगेका हुन् । छाङ्गरुका १५ जना र तिंकरका १२ जनाको टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । हामीले चिनीया पक्षबाट माग भएअनुसार व्यापारीको सूची पठाएका थियौं उनले भने, पहिलो चरणमा २७ जना व्यापारी ताक्लाकोट पुगेका छन् ।
औपचारिक रूपमै कार्यक्रम गरेर दुवै पक्षका अधिकारीहरूले नाका खोल्ने योजना असफल भएपछि अनौपचारिक रूपमै चिनियाँ पक्षको आग्रहमा व्यापारीहरुको टोली ताक्लाकोट गएका हुन् ।
व्याँस गाउँपालिका–१ छांगरु तिंकरबाट हिडेका व्यापारीहरु ताक्लोट पुगेको व्यापारी योगेश बोहराले जानकारी दिए । उनले भने, ‘बिगत चार वर्ष देखि बन्द रहेको तिंकर नाका साउन ३ गते देखि खुल्ला भएको छ । तिंकर नाका खोल्नका लागि विगत २ वर्षदेखि निरन्त पहल गर्नुभएका सम्पूर्ण सहयोगी हातहरुलाई ताक्लाकोटका व्यापारीहरु तथा व्याँस–१ का जनताकोतर्फबाट हृदय देखि धन्यवाद ।’ तिंकर नाकाबाट ५ मिनेट हिडेपछि चिनको क्षेत्रमा सहजै यातायातको साधन उपलब्ध हुन्छ । चीनले नेपाल–चीन सीमा स्तम्भ नजिकै सडक पु¥याएको छ ।
नाका बन्द हुँदा छाङ्गरु र तिंकरका मात्रै तीन दर्जनबढि व्यापारीक सटरहरु ताक्लाकोटमा बन्द थिए । व्यापारीहरु मार्कामा परेको भन्दै सरकारीस्तरबाटै लामो समयसम्म पहल भएको थियो । सरकारीस्तरबाट औपचारिक नाका खुलेको जानकारी गराउने उद्देश्य भएपनि चीनिया पक्षले तयारी नपुगेको भन्दै निर्धारित समय रद्ध गरेपछि व्यापारीहरु अनौपचारिक रुपमै ताक्लोट गएका हुन् ।
चार वर्षदेखि कारोबार हुन नसक्दा स्थानीयको दैनिकीमा समस्या हुने अवस्था आइसकेको थियो, व्याँस गाउँपालिका–१ घर भई हाल ताक्लाकोटमा रहेका व्यापारी विमल बोहराले भने । ढिलै भएपनि अधिकांश व्यापारी ताक्लोट पुग्न सफल भए । चीन सँग जोडिएका अन्य नाका तामझामका साथ खोलिएका थिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ताक्लाकोट जानको लागि हालसम्म १८७ जनाको पास उपलब्ध गराएको छ । कोरोना महामारीका कारण २०७६ सालदेखि तिंकर नाका बन्द रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार चिनिया पक्षसँग भएको भचर्अलु सम्वादमा पहिलो चरणमा असार ११ गतेदेखि नाका सञ्चालने सहमति भएको थियो । त्यो बेला तयारी नपुगेको भन्दै दोस्रोपटक असार २६ गतेको मिति तोकियो । दोस्रोपटक पनि चिनिया पक्षबाट कुनै जानकारी नआएपछि व्यापारीहरले आफ्नो माध्यमबाट चिनिया सरकारी पक्षसँग सम्बाद गरेको थियो । छाङ्गरुका दुई जना व्यापारी यसअघि हुम्ला नाका भएर ताक्लाकोट गएका थिए ।