चमेलिया नदीको सतह बढिरहेको भन्दै प्रहरीले शैल्यशिखर क्षेत्रमा निरन्तर माइकिङ गर्दै आएको छ । शुक्रबारदेखि निरन्तर पानीका कारण चमेलियाको नदी सतह ह्वात्तै बढेको छ ।
चमेलिया नदीको खासगरी मार्मा देखि शैल्यशिखर क्षेत्रका विभिन्न वस्ती जोखिममा रहेको भन्दै प्रहरीले सावधानी अपनाउन माइकिङमार्फत आग्रह गरिरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
प्रहरीले यात्रा गर्दा सावधानी अपनाएर मात्र्र गर्न भनेको छ । बर्षादको समयमा सकेसम्म कम यात्रा गर्न तथा गर्नैपरे पूर्व जानकारी राखेर घरबाट बाहिर निस्कन प्रहरीले भनेको छ ।

