मार्मामा बाढिपहिरोपछि १६ परिवार विस्थापित

दार्चुलामा बाढीको जोखिममा परेपछि १६ घरपरिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ का १६ परिवार विस्थापित भएका हुन् ।
मार्मा हुँदै मुरै गोल्फा सितोला जोड्ने सडकबाट आएको बाढिपहिरोका कारण मर्मतीका स्थानीय विस्थापित भएका हुन् । सडकबाट पूरै बाढि गाउँमा पुगेपछि विस्थापित भएको मार्मा गाउँपालिका–४ का दिपेन्द्र विष्टले बताए । खेतबारी समेत नष्ट गरेको छ ।
पहिरोका कारण ४८ महिला र ५१ पुरुष गरेर ९९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दनसिह ठगुन्नाले बताए । उनीहरुलाई नजिकै रहेको हटीनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार