एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन सर्वसम्मत बनाउने कोशिश

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व चयन सर्वसम्मत बनाउने कोशिश भइरहेको छ । अध्यक्ष पदमा माधवकुमार नेपाल र घनश्याम भुसाल दुवै जनाले दाबी गरिरहनुभएको छ । तर माधव नेपाललाई नै सर्वसम्मत अध्यक्ष बनाउन नेताहरूले छलफल गरिरहेका छन् ।

महासचिव पदलाई शक्तिशाली बनाएर आफूलाई महासचिव बनाएमा अध्यक्षमा नेपाललाई सघाउन तयार रहेको घनश्याम भुसालले बताउनुभएको छ । सहमति नभएमा आजै मतदान हुने नेताहरूले बताएका छन् ।

महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

महाधिवेशनले राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार