टिंकर सडकको बजेट बढाउन पहल गरेकाे छु : पूर्वमन्त्री ठगुन्ना

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले टिंकर सडकमा विनियोजन भएको न्यून बजेटलाई बढाउन आफुले पहल गरिरहेको बताएका छन् । दार्चुलामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट कम परेको बारे एमाले अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र अर्थ मन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको बताए ।
यो सडकमा ‘न्यून बजेट छ, यसमा हामीले संघर्ष गर्नुपर्छ, उनले भने । बजेट बढाउन आग्रह गरिएको छ । यहाँको सडकको लागि साउन महिनामा सेनालाई थप बजेट सुनिश्चितता दिनेगरी छलफल भइरहेको उनले बतनाए ।
जिल्लाको विकास निर्माणका लागि जनप्रतिनिधिको पहल नपुगेको भन्दै आफुले सडकको विषयलाई गम्भीरताको साथ लिएको बताए । सरकारसंग लडेर पनि बजेट थप्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार