रानिशिखरमा हावाहुरीले विद्यालयको छाना उडायो

शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारीस्थित भुमिराज आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएको छ । सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडाएको हो ।
जस्तापाताले छाएको चार कोठे विद्यालय भवनको पूरै छाना उडाएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताए । उनले भने, ‘हावाहुरीले विद्यालयको छाना पूरै उडाएर जमिनमा थुपारेको छ ।’ एउटा ब्लग पूरै उठाएको छ । अर्को तीन कोठे विद्यालय ब्लगको आंशिक क्षति पु¥याएको छ । पत्थरले छाएको एउटा भवनमा समेत क्षति पुगेको उनले बताए ।
भवनमा क्षति पुगेसँगै विद्यालयभित्र रहेका शैक्षिक सामाग्री समेत नष्ट भएको छ । २०६५ सालमा निर्माण भएको विद्यालय भवनमा यो दोस्रोपटक हावाहुरीले क्षति पु¥याएको छ । पहिले पनि हावाहुरीले उडाएको हो । यो ठाउँमा पक्की विद्यालय भवन निर्माण गरेमात्रै विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए ।
२०५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई समेत प्रभावित भएको छ । पहिलो दिन विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढायौं उनले भने, तर यो भवन बनाउन कति समय लाग्छ । यस्तो गर्मीको बेला सबै विद्यार्थी एउटै ठाउँमा राख्न सकिने अवस्था छैन् । पानी प¥यो भने झन पढाई सुचारु गर्न सकिने अवस्था छैन् ।

सम्बन्धित समाचार

ताजा समाचार