दुहुँको निजाङबस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

दार्चुलाको दुहुँ गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ३ को निजाङबस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
दुहुँ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष देव बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले उद्घाटन गरे । यस्तै कार्यक्रममा उपाध्यक्ष शान्ति बमको उपस्थिति थियो ।
निजाङबस्तीबाट वडा केन्द्र पुग्न दुई घण्टा बढि समय लाग्छ । दुर्गमका स्थानीयलाई आवतजावतमा समस्या हुने र समयमै उपचार पाउने अवस्था नभएपछि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको अध्यक्ष बडालले बताए । सामुदायिक स्वास्थ्य केन्द्र स्थापनापछि यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा सहज उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार