दार्चुलामा ६ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि १९ गतेसम्म चलेको अभियानमा ६ हजार २० जनाले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टका अनुसार ६ हजार छ सय १५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा महाकाली नगरपालिकामा १ हजार ३ सय ३६ जना, शैल्यशिखर नगरपालिकामा ९ सय ४९ जनालाई खोप लगाइएको छ ।
त्यस्तै अपिहिमाल गाउँपालिकामा २ सय ६१ जना, दुहुँ गाउँपालिकामा ३ सय ९८ जना, नौगाड गाउँपलिकामा ७ सय ८९ जना, व्याँस गाउँपालिकामा ३ सय ३९ जना, मार्मा गाउँपालिमामा ८ सय ६० जना, मालिकार्जुन गाउँपालिका ५ सय ३२ जना, लेकम गाउँपालिकामा ५ सय ४२ जना बालबालिकालाई खोप दिइएको छ ।
खोप अभियान अन्तर्गत जिल्लाभरि ७ सय १२ जना स्वयंसेवक परिचालन गरिएको थियो ।