एमाले वडा कमिटी गठनमा

पालिका कमिटी गठन भइसकेको अपिहिमाल गाउँपालिकामा नेकपा एमालेले वडा कमिटी गठन थालेको छ । कमिटी गठन अन्तर्गत नेकपा एमाले अपिहिमाल गाउँकमिटीले वडा नम्बर १ बाट गठन थालेको हो ।

वडा नम्बर १ मा मोहनसिह लोथ्यालको अध्यक्षतामा १३ सदस्यी कमिटी चयन गरिएको अपिहिमाल गाउँ कमिटी इन्चार्ज शान्ति बोहरा धामीले जानकारी दिइन् । कमिटी गठनको लागि वडा इन्चार्ज धुर्मती जागरी, अपिहिमाल गाउँ कमिटी अध्यक्ष धर्मानन्द मन्याल, उपाध्यक्ष भरतसिह धामी तथा सचिव नरेन्द्रसिह कार्कीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार