बैतडीमा संगठन विस्तार गर्दै रास्वपा

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीमा संगठन विस्तार अभियान थालेको छ । जिल्लाका पालिकाहरुमा संगठन विस्तार अभियान शुरु गरिएको रास्वपाका पाटन नगर सभापति हेमन्त ऐरले जानकारी दिए ।

पाटन नगरपालिकाका वडाहरुमा पनि संगठन विस्तार अभियान सञ्चालनमा रहेको उनले बताए । भौतिक उपस्थिती र अनलाइन माध्यम दुवै तरीकाले संगठन विस्तार अभियान सञ्चालनमा रहेको सभापति ऐरले बताए ।

संगठन विस्तार अभियानका क्रममा गाउँमा जाँदा युवाहरुको संख्या निकै कम भेटिने गरेको ऐरले बताए । देशको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा युवाहरु विदेश पलायन भएका उनले बताए । गाउँघर युवाविहिन हुनु निकै कहालीलाग्दो अवस्था सिर्जना भएको सभापति ऐरले बताए ।
यसैबीच रास्वपाले पाटन नगरपालिका वडा नं १ मा वडा कमिट गठन गरेको छ । केशव भट्टराईको संयोजकत्वमा वडा संयोजक कमिटि गठन गरिएको रास्वपाले जनाएको छ ।

पाटन नगर सभापति इन्जिनियर हेमन्त ऐरको उपस्थितिमा वडा कमिटि गठन गरिएको हो । पाटन १० ओटै वडामा समिति विस्तार गरिने सभापति ऐरले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार