काठमाण्डाै – चितवनको भरतपुर विमानस्थलको विस्तारका लागि प्रकृया अघि बढेको छ । विमानस्थल विस्तारका लागि पर्सि सोमवारदेखि सर्भे हुने भएको छ ।
भरतपुर महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार पर्सिदेखि शुरु हुने सर्वेको काम एक हप्ताभित्र सक्ने तयारी छ ।
मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकमा समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गएको माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् ।