सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको १४२० रुपैयाँ कारोबार भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार