काठमाण्डौ – त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।
आज भएको खेलमा गण्डकीले विभागीय टोली आर्मीलाई ३–१ को सेटले हरायो । गण्डकीले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ को बराबरीमा ल्यायो । तर त्यसपछिको २ सेट जित्दै गण्डकी विजयी भयो । गण्डकीले तेस्रो सेट २६–२४ र चौथो सेट २५–२२ ले जित्यो ।
प्रतियोगितामा अहिले उपाधिका लागि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस खेलिरहेका छन् ।