बैतडी –नेकपा एमालेले बैतडीका दामोदर भण्डारीसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
एमाले सुदूरपश्चिमका पूर्व अध्यक्ष समेत रहेका भण्डारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको एमालेले जनाएको छ । यस्तै कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे र कर्णालीका बिनोद शाहलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
यस्तै झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।