उपप्रधानमन्त्री श्रेष्ठको दाबी स् ‘प्रहरी सङ्गठनभित्र सरुवारबढुवामा पैसाको चेलखेल शून्यमा झारियो’

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएको दाबी गर्नुभएको छ ।

आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी सङ्गठनलाई आफ्नो प्रणालीअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गर्नुभएको हो । उहाँले प्रहरी सङ्गठनको सरुवारबढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी सङ्गठनलाई आफ्नो प्रणाली, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । सरुवारबढुवा गर्दा हुने पैसाको चलखेल शून्यमा झारिएको छ । अहिले तपाईँले गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न । प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानबिन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताउनुभयो । अहिले प्रहरी सङ्गठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार