चार दिन युद्ध बिरामले ,बिपिन जोशीको रिहाईको लागि नेपालको पहल शुरु

एजेन्सी । इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम हुँदैछ । स्थानीय समय अनुसार आज विहन ७ बजे युद्धविराम सुरु हुने भएको हो । आजै साँझ ४ बजे हमासको कब्जामा रहेका १३ बन्धक र सम्झौता अनुसार इजरायली जेलमा रहेका प्यालेस्टायनी छुट्ने कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यता, युद्धविराम सुरु हुनै लाग्दा पनि इजरायलले गाजामाथि आक्रमण जारी राखेको छ । विराम सुरु हुनुभन्दा अघिल्लो एक घण्टाअघि मात्र गाजास्थित राष्ट्रसंघको शरणार्थी शिविरमा भएको इजरायली बमबारीमा कम्तिमा २७ जना मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबिच इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपालले विपिन जोशीको रिहाइ पहल थालेको छ । चार दिने युद्ध विराम कै क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार